साविक जिल्ला कृषि विकास कार्यालय गोरखा को रुपमा सेवा प्रदान गर्दै आएको यस कार्यालय आ ब २०७५/७६ बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश अन्तरगत स्थापना भई साविक कृषि ज्ञान केन्द्रको नाममा सेवा प्रदान गर्दै आएकोमा,गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदको मिति २०८२/०५/१५ को निर्णयबाट स्वीकृत भएको संगठन तथा व्यबस्थापन सर्बेक्षण प्रतिबेदन २०८२ अनुरुप कृषि विकास कार्यालयको नाममा सेवा प्रदान गर्दै आएको छ ।

त्यसैले स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्र्टन, कृषि तथ्याङ्कहरु संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस ज्ञानकेन्द्रको रहेको छ ।

कृषि विकास समबन्धी योजना तर्जूमा, विभिन्न रोग किराहरुको व्यवस्थापन, स्थान विशेषका हावापानी सुहाउँदो प्रविधि र जातहरु सम्बन्धमा कृषकहरुलाइ जानकारी लगायत माटोको अवस्था रोग किरा पहिचान रसायनिक र प्राङ्गारिक मल र बीउको गुणस्तर परीक्षण लगायतका प्राविधिक र प्रयोगशाला सेवा समेत उपलब्ध गराउनका लागि स्थानीय तहमा रहेका कृषि विकास शाखाहरु पर्याप्त हुदैनन ।त्यस्ता शाखाहरुलाई आवश्यक प्राविधिक पृष्ठपोषण उपलब्ध गराउनुका साथै अन्तर स्थानीय निकायहरु समेतलाइ समेट्ने गरि बजार संरचनाहरु निर्माण परियोजनाहरु सन्चालनका लागि यस ज्ञान केन्द्रको भूमिका महत्वपूर्ण रहेको छ ।