उद्देश्य (Objectives)

  • प्रदेश र स्थानीय सरकार बीच सेतुको रुपमा गर्ने साथै अन्य निकायहरुसँग सहकार्य, समन्वय र सहअस्तित्व कायम गर्दै कृषि विकासका कार्यक्रमहरु संचालन गर्ने।
  • स्थानीय बीउविजन, स्थानिय स्तरमा कृषकहरुले अनुसरण गरिरहेका योग्य प्रविधिहरु (Indigenous technology) को र जैविक विविधता एवं स्थानीय बालीनालीहरुको उचित संरक्षण, संवर्द्बन विकास र उपयोगमा वृद्बि गर्ने।
  • सामान्य प्रयोगशाला सेवाका साथै स-साना अध्ययन परीक्षण, स्थानीय तहका कृषि सम्बन्धी तथ्याङ्क संकलन तथा अध्यावधिक, कृषि प्रविधि प्रसार मार्फत मुख्य बालीहरुको उत्पादन र उत्पादकत्व वृद्बि गरि कृषिको व्यवसायिकरण र प्रतिष्पर्धात्मक क्षमता अभिवृद्बि गर्ने।
  • स्थानिय तहहरुमा रहेका कृषि विकास शाखाहरुलाई प्राविधिक पृष्ठपोषण उपलब्ध गराउनुका साथै कार्यरत जनशक्तिको क्षमता विकास सम्बन्धी गर्ने अन्तर स्थानीय निकायहरु समेतलाई समेटने गरि बजार संरचनाहरु निर्माण परियोजनाहरु संचालन गर्ने।