कृषि ज्ञान केन्द्रको स्विकृत कार्यविवरण निम्न अनुसार रहेको छ ।

 

– स्थानीय समस्यामा आधारित स-साना अध्ययन परीक्षण तथा भ्यालिडेशन परीक्षण सन्चालन गर्ने,

– माटो तथा मल, बाली संरक्षण र बीउविजन परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा,

– नविनतम कृषि प्रविधि प्रसारको लागि आवश्यक कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने,

– प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायीहरुको लागिकृषि पशपंक्षीसँग सम्वन्धित विशिष्टीकृत ज्ञान सीप प्रदान गर्न एडभान्स तालिम संचालन गर्ने,

– स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा,

– प्रदेश अन्तर्गत सन्चालन हुने संघीय कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,

– प्रदेश सरकार मार्फत सन्चालन हुने कृषि विकास कार्यक्रम, आयोजना संचालनमा प्रदेशसरकारलाई सहयोग गर्ने,

– कृषि आर्थिक महत्वका स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने,

– नेपाल कृषि अनुसन्धान परिषदको बाह्य अनुसन्धान स्थलको रुपमा कार्य गर्ने,

– बीउ विजन तथा उन्नत नश्लको लागि स्रोतकेन्द्रको रुपमा कार्य गर्ने,

– स्थानीय तह र कार्यरत जनशक्तिको क्षमता विकास सम्वन्धि कार्य,

– बहु स्थानीय तह समेटी कार्यान्वयन हुने संघीय आयोजनाहरुको संचालन र नियन्त्रण,

– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्डक्षेत्र भित्रका पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा टेवा,

– एग्रो इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्त बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयनको समन्वय

– कृषि स्नातक तथा जे.टी.ए कोर्ष अध्ययनरत विधार्थीहरुका लागि इन्टर्नसिप कार्यक्रम संचालन,

– स्थानीय तहका कृषि विकासका इकाइहरुबाट कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने । साथै सँकलित तथ्याँक प्रदेश र संघीय तालुक निकायहरुमा पठाउने,

– आफ्ने कमाण्ड क्षेत्रभित्र कृषि उद्यम तथा व्यवसाय सन्चालन गर्न चाहनेहरुको लागि व्यवसाय विकास सेवा उपलव्ध गराउने,

– किसान कल सेन्टर सन्चालन गर्ने,

– समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानीय तहबीच पुलको काम गर्ने ।